नेपाली नाटकबारे पोखरामा अन्तरराष्ट्रिय सेमिनार
पाेखरा | बैशाख २४, २०८०
पोखरा: नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा पोखरामा वैशाख २८ देखि ३० गतेसम्म नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।
पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली नाटकबारे पहिलोपटक पोखरामा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
नेपाली नाट्यप्रतिष्ठानका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले आगामी वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए ।
उनले नेपाली नाटकबारे पोखरामा हुने सेमिनारमा नेपाल र भारतका १ सय ५० बढी प्रतिनिधि आउने बताए ।
पोखरेलका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने अन्तरराष्ट्रिय सेमिनारमा भारतबाट सीपी शर्मा, सिक्किमका मुख्यमन्त्रीबा स्वकीय सचिव लगायतको उपस्थिति हुने छ ।
तीन दिन चल्ने सेमिनारमा नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा छलफल गरी त्यसबाट निस्केको निष्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने, भारत र नेपालका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध विस्तार स्थापित गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ ।
प्रतिष्ठानले २०८० सम्मका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक नाट्यग्रन्थ प्रकाशित गर्ने र प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुपाद गरी प्रकाशन गर्ने अन्तरराष्ट्रिय सेमिनारमा उद्धेश्य राखेको छ ।
सेमिनार गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजनकले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

